सुर्खेत : कर्णालीमा राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेदार माया प्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन्।
मायाप्रसाद आचार्यले ३ हजार ६ सय १८ र सुमित्रा बिसीले ३ हजार ६ सय ८४ मतभार प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९ सय ७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले एक हाजर २१६ मतभार प्राप्त गरेका छन्।
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको छ। सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदातामध्ये १ सय ९५ जना मतदाताले मतदान गरेका हुन्।
कर्णालीमा कुल मतदातामध्ये तीनजना मात्रै उपस्थित भएनन्। निर्वाचन कार्यालयका अनुसार कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन्।
भिजिट भिसामा अमेरीका पुगेकी नेपाली चार महिनादेखि सम्पर्कमा आएकी छैनन्। गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन्। तामाङ भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको स्रोतले जनाएको छ। कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।