|

उदयपुर : उदयपुरमा दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा २७ जना यात्रु घाइते भएका छन्।

जिल्लाको त्रियुगा नगरपालिका-१४ साउने जितपुरस्थित सगरमाथा लोकमार्गमा गाईघाटबाट साउनेतर्फ जाँदै गरेको मे. १ ख १७४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. २ ख ५४१८ नम्बरको बस जितपुरमा एकापसमा ठोक्किँदा २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताए।

दुर्घटनाबाट मे. १ ख १७४० नम्वरका सवारमध्ये १२ जना तथा बा. २ ख ५४१८ नम्बरको बसमा सवारमध्ये १५ जना घाइते भएका हुन्। जसमध्ये अधिकांशको नाक, निधार र पाखुरामा चोट लागेको छ।

दुर्घटनाबाट घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको जनाउँदै घाइते सबै यात्रु खतरामुक्त रहेको पनि प्रहरी प्रमुख बुढामगरले जनाएका छन्। उनले गम्भीर चोट लागेका यात्रुलाई जिल्ला बाहिर रिफर गरि उपचारको व्यवस्था मिलाइएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.