|

दाङ : दाङको गढवामा ससुराको छुरा प्रहारबाट बुहारीको मृत्यु भएको छ।

गढवा गाउँपालिका ४ रामनगर निवासी ६५ वर्षीय कुलमान कुँवरले छुरा प्रहार गरी २७ वर्षीया  बुहारी वसन्ता कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्याल दाङका प्रबक्ता सुमित खड्काले बताए।

उनका अनुसार बुधबार बेलुका साढे ८ बजेतिर समान्ने घरायसी विवादपछि ससुराले आफ्नी कान्छी बुहारीमाथि छुराले पेट, ढाड र छातिमा आक्रमण गरि सक्त घाइते बनाएका थिए।

गम्भीर घाइते अवस्थाकी वसन्तालाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज लगिएकोमा साढे ११ बजे राति मृत्यु भएको प्रवक्ता खड्काले बताए। 

त्यसैगरी आरोपी कुलमानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक भरत राठोरले बताए। मृतकका श्रीमान संजय कुँवर कुखुरालाई दाना दिन गएको बेलामा विवाद भएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.