|

जनकपुरधाम : प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। अन्तिममा गणना भएको अल्पसंख्याक समूहतर्फ राजपाका शेखर सिंह विजय भएका छन्।

सिंहले ५ हजार ५०२ मतभार ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। उनका अनुसार सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका भोला पन्जियारले भने ४ हजार ५१२ मतभार प्राप्त गरेका छन्।

यसअघि अन्य समूहतर्फ राजपाका मृगेन्द्र सिंह यादव, महिलातर्फ नेकपाकी तुलसा दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम निर्वाचित भइसकेका छन्। नेकपा-राजपा गठबन्धनले सफलता पाएको छ। कांग्रेस-समाजवादी गठबन्धनका चारमध्ये एउटै उम्मेदवार जित्न सकेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.