क्यान इन्फोटेक मेलाको प्रथम राष्ट्रपति यादवबाट उद्घाटन

|

पर्सा : आइटी व्यवसायीको छाता संगठन क्यान इन्फोटेक महासंघले आयोजना गरेको प्रदेशस्तरीय आइटी मेला वीरगन्जमा सुरु भएको छ। प्रदेशस्तरीय ‘क्यान इन्फोटेक मेला २०२०' को नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वीरगन्जमा उद्घाटन गरेका छन्।

उनले इन्फोटेक मेलाको उद्घाटन गर्दै वर्तमान सूचना प्रविधिको युगमा यसको विकास, प्रवद्र्धनमा सुधार गर्नुपर्ने बताए। क्यान प्रदेश-२ को संयोजन र क्यान महासंघको संरक्षणमा बिहीबारबाट पाँच दिनसम्म चल्ने मेलालाई सम्बोधन गर्दै उनले नयाँ-नयाँ इम्फर्मेशन टोक्नोलोजीले संसारलाई एउटा कोठामा सीमित पारिसकेको अवस्थामा प्रविधिमैत्री वातारण सृजनाका लागि सबैले लाग्नु पर्ने बताए। आजका बालबालिका भोलि मुलुक हाँक्ने कर्णधार नागरिक हुने हुँदा उनीहरूलाई प्रविधिका राम्रा कुरा सिकाउँदै लानु पर्ने उनको जोड छ।

क्यानले वीरगन्जमा दोस्रोपटक गरेको प्रदेशस्तरीय मेलामा पूर्वराष्ट्रपति यादवले कृषि, वाणिज्य, व्यापार, उद्योग र राज्यका हरेक निकायमा आइटीको स्तरीय प्रयोग हुनु पर्ने सुझाव दिए।

मेलाको अवलोकन ३० हजार पर्यवेक्षकले गर्ने मेलामा क्यान इन्फोटेक महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरले आइटीको प्रयोग नेपालमा महँगो रहेकोले यसलाई राज्यले नै पुनर्विचार गर्नुपर्ने बताए। २७ वर्ष अगाडि स्थापना भएको क्यान इन्फोटेकलाई मुलुकको नयाँ संरचना अनुसार हरेक जिल्ला र पालिकासम्म विस्तार गर्ने दावी गरे।

आइटीले गर्दा हरेक कामको सहजताका लागि वरदान भए पनि यसलाई सकारात्मक तवरले चलाउनु पर्ने उनको तर्क छ। ६० वटा स्टल राखिएको मेलामा ३० हजार अवलोकनकर्ताहरू आइपुग्ने अपेक्षा गरेको आयोजकले जनाएको छ।

पाँच दिनसम्म चल्ने मेलामा हरेक दिन विभिन्न आइटीसम्बन्धी सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनीसमेत गरिने पर्सा उपाध्यक्ष प्रसान्त कुमारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.