समाज : सुरक्षा/अपराध

६ हजार रुपैयाँघुससहित प्राधिकरणका सब-इन्जिनियर पक्राउ

माघ १०, २०७६

    भोजपुर : पुनर्निर्माण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सब-इन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो।

    सब-इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारको टोलीले पक्राउ गरेको हो। सब-इन्जिनियर तिवारी भोजपुर नगरपालिका-७ डाडा गाउँमा रहेको प्रधान होटलमा घुसबापतको रकम लिन पुगेका थिए।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगरको नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो। घटनाबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]