|

मुगु : राराको जैविक विविधता संरक्षणको लागि पानी परियोजनाले काम गर्ने भएको छ। रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइ राख्न जैविक विविधताको संरक्षण गर्न पानी परियोजनाले कार्यक्रमअगाडि बढाएको हो।

कार्यक्रमअन्तर्गत रारा खत्याड जलाधार क्षेत्र नामकरण गरी रारा ताल आसपासमा पर्ने छायानाथ रारा नगरपालिका-९, मुर्मा गाउँ र खत्याड गाउँपालिका-१ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणको लागि विभिन्न कार्यक्रम गर्ने छ। जसमा चोरी शिकारी नियन्त्रण दल गठन, नेचर टेनिङ गाइड, रारा आसपासमा हुने फोहोर व्यवस्थापन, सुकेका मूलहरूको उत्खनन गरी सुचारुलगायतका कार्यक्रम गरी जैविवक विविधता सम्वद्र्धन र फोहोर व्यवस्थापनमा काम गर्ने  पानी परियोजनाले जनाएको छ।

शुभारम्भ कार्यक्रममा बोल्दै रारा राष्टिय निकुञ्ज मुगुका संरक्षण अधिकृत लालबहादुर भण्डारीले राराको सुन्दरता बचाइ राख्न पानी परियोजनाले शुरुवात गर्न लागेको कार्यक्रम महत्वपूर्ण भएकाले कार्यान्वयन गर्नमा सबैको साथ अपिरिहार्य रहेको बताए।

'रारा आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएकाले रारामा फोहोर व्यवस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ' अधिकृत भण्डारी, 'त्यसैले समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभई विभिन्न निकायले सहकार्यका साथ काम गर्नुपर्छ।'

यता, छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले राराको फोहोर व्यवस्थापनका लागी नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए। 'राराको जलधार संरक्षण र फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घोडाको दिसा संकलन झोला, डस्बिनलगायतको व्यवस्था गर्नेछ' उलने भने 'पानी परियोजनसँग छायानाथ रारा नगरपालिकाले आवश्यक सहकार्य गरी जैविक विविधता सम्बद्र्धन गरी राराको ठोस फोहोर व्यवस्थापन गर्न सर्हकार्य गर्ने छ।'

कार्यक्रम ११ महिनासम्म सञ्चालन हुने छ। युएसआइडी पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक विकास केन्द्र (के सिडिसी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरिने कर्णाली सामुदायिक विकास केन्द्र मुगुका संयोजक हरिबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.