|

काठमाडौं : भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरू ‘क्यास लेस’ भएको बताएका छन्।

भन्सार दिवसका अवसरमा भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरूमा नगद कारोबार बन्द भएको बताएका छन्। पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने गरेको उनले बताए।

‘भन्सार क्यास लेस भएको छ। पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो। अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ। भन्सार प्रशासनले क्यास कारोबार गर्दैन। अझ बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गरिरहेक छौँ। यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ’, उनले भने।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तरसमुन्वयमा देखिएको समस्या हल गर्ने बताए। सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामूनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.