श्रम मन्त्रालयले चार प्रतिशत मात्रै खर्चियो

|

काठमाडौं : चालु आर्थिक वर्षमा पनि केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारको खर्च क्षमता कमजोर देखिएको छ। केन्द्र सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा २६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। विकास निर्माणका लागि गरिने खर्च पूँजीगत खर्च १४ प्रतिशत मात्रै रहेको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार तीनवटा मन्त्रालयहरुले आर्थिक बर्षको आधा अवधिसम्म कूल विनियोजनको १० प्रतिशत पनि खर्च गर्न सकेका छैनन्‌। साग खेलकुद र अन्य गतिविधिमा भारी रकम खर्चिएको युवा तथा खेलकुद मन्त्रालयले मात्रै ५० प्रतिशतभन्दा बढी खर्च गरेको छ। 

मूख्यत: तलब भत्ता र चालु आयोजनामा खर्च हुने रकम (चालु खर्च) अन्तर्गतको शीर्षकको बजेट खर्च औसत रहे पनि विकासका लागि खर्च हुने पूँजीगत खर्च न्यून भएपछि पहिलो चौमासिकमा भएको खर्चमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए। पूँजीगत खर्चतर्फ ६ महिनाको अवधिमा पनि अपेक्षित सुधार हुन सकेको छैन ।

कुन मन्त्रालयको कति बजेट ६ महिनामा कति खर्च?

केही मन्त्रालयको चालु खर्च राम्रो भए पनि पूँजीगत खर्च भने निरासाजन देखिएको छ। ६ महानको अवधिमा १४ प्रतिशत पूँजीगत खर्च हुदा ३० प्रतिशत चालु खर्च भएको छ।

कुन मन्त्रालयको कति चालु खर्च?

५० प्रतिशतमाथि खर्च गर्ने मन्त्रालय एउटा मात्रै

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५० प्रतिशत वा सोभन्दा माथि खर्च गर्ने एक मात्रै मन्त्रालय रहेको छ। युवा तथा खेलकुद मन्त्रालयले ६ महिनाको अवधिमा ८० प्रतिशत खर्च गरेको छ।

यो मन्त्रालयको लागि तीन अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६ महिनाको अवधिमा दुई अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ। चालुतर्फ विनियोजित एक अर्ब ४१ करोड ८० लाख रुपैयाँमध्ये यो अवधिमा मन्त्रालयले एक अर्ब ५८ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ, जुन विनियोजनभन्दा पनि बढी हो।

चालु खर्चको लागि विनियोजन गरिएको रकम पूँजीगत वा पूँजीगतको लागि विनियोजन गरिएको रकम चालुमा रकमान्तर गर्न नमिल्ने मन्त्रालयले चालु खर्चतर्फ अपुग रकम अर्थ मन्त्रालयसँग माग्‍नुपर्ने देखिएको छ।

यी हुन्‌ छ महिनामा १० प्रतिशत पनि खर्च गर्न नसक्ने मन्त्रालय

केही मन्त्रालयले भने ६ महिनाको अवधिमा १० प्रतिशत पनि खर्च गरेका छैनन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च सबैभन्दा कम ४ प्रतिशत मात्रै भएको छ।

यस मन्त्रालयको लागि ६ अर्ब २३ करोड ८० लाख रुपैयाँ रकम विनियोजन गरिएकोमा हालसम्म २६ करोड २३ लाख रुपैयाँ अर्थात् चार प्रतिशत मात्रै खर्च भएको छ। ६ अर्ब रुपैयाँमध्ये पाँच अर्ब रुपैयाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको भएको र यसअन्तर्गतको काम अझै शुरु नभएका कारण खर्च न्यून देखिएको छ।

२१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाभित्र गरेको खर्च पनि १० प्रतिशतभन्दा बढी छैन। 

यस अवधिमा यो मन्त्रालयले ८ प्रतिशत अर्थात एक अर्ब ६५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। जसमा चालु खर्च ४ प्रतिशत मात्रै रहेको छ भने पूँजीगत खर्च १६ प्रतिशत भएको छ। यो मन्त्रालयका लागि चालुतर्फ २१ अर्ब ७८ करोड रुपैयाँ  र पूँजीगततर्फ १० अर्ब रुपैयाँ रकम रुपैयाँ रकम विनियोजन गरिएको थियो।

खानेपानी मन्त्रालयको लागि चालु आर्थिक वर्षमा २५ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएकोमा ६ महिनाको अवधिमा जम्मा ९ प्रतिशत अर्थात दुई अर्ब ३४ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.