|
फाइल फोटो

काठमाडौं : शीर्ष नेताहरूको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरूको छलफलले विवाद समाधान गर्दै अगाडि बढ्ने सहमति गरेको हो। शीर्ष नेताहरूबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भए पनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ।

नेताहरूबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरूका विषयमा पनि सहमति जुटेको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ।

गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णयानुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। शुक्रबार नै नेताहरूबीच नेविसंघ र तरुण दलसम्बन्धी सहमति पनि जुटेको छ।

उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरूको समेत प्रतिनिधित्व हुनेछ।

त्यसैगरी, तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उनले बताए। शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रूप दिन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.