|

बैतडी : सुर्नया गाउँपालिका–२ सिन्केलेकमा ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–६ मनहेराका २६ वर्षीय दिलकुमार चौधरी रहेको प्रहरीले जनाएको छ।

महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा शुक्रबार रातिसे २ त ९०१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

ट्रयाक्टर सडकबाट २५ मिटर तल खसेको छ। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटनाबारे शनिबार बिहानमात्रै जानकारी भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.