|

मुगु : तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात् नयाँ वर्ष मनाएका छन्। यस दिन सुँगुर वर्षको विदाइ र मुसा वर्षको स्वागत गर्न गरिन्छ।

मुगुको मुगुमकामारोगं गाउँपालिकाका भोटे बस्तीमा पनि सोनाम ल्होसारको रौनक छोपेको छ। यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म ल्होसारको रमाइलोमा झुमेका भेटिन्छन्। ल्होसारको अवसरमा सबै जना रमाइलो गर्ने, नाच गान गर्ने, मीठा मीठा परिकार बनाइ खाने चलन छ।

१५ दिनसम्म चल्ने सोनामा ल्होसारमा लामा समुदायले एक आपसका सद्धाव साटासाट गर्ने, आफन्तहरूलाई बोलाई मीठा परिकार खुवाउने र आफू पनि आफन्तको घरमा पाहुन जाने चलन रहेको मुगुमकामरोगं गाउँपालिका-२ का ५७  वर्षीय च्वाया लामाङले बताए।

यसैबीच हिमाली भेगमा पर्ने साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, कालीकोट र मुगुलगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने लामा समुदायमा सोनाम ल्होसार पर्व हिन्दु धर्मावलम्बीको दशैँ झैँ बौद्ध धर्मावलम्बीले मनाउने गर्छन्।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन्।

पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ। सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.