|

सिन्धुली : यहाँको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनियर पक्राउ परेका छन्। गाउँपालिकामा कार्यरत इञ्जिनियर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।

गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ। शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टल बजारनजिक बिपी राजमार्गबाट शाहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए।

शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन्। उनको साथबाट कृषि विकास बैंकको ७० हजारको चेक, सिटिजन बैंकको एक लाख ६० हजारको चेक र स्रोत नखुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको उनले जानकारी दिए।

गाउँपालिकामा विद्युत् विस्तारका क्रममा लामो समयसम्म इञ्जिनियर शाहका कारण उपभोक्ताले पैसा पाउन नसकेपछि अख्तियारमा उजुरीका आधारमा इञ्जिनियर पक्राउ परेका हुन्। घ्याङ्लेक गाउँपालिकामा दुई वर्षदेखि शाह करारमा इञ्जिनियरका रूपमा काम गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.