खेलकुद

अल्बाले आत्मघाती गोल गरेपछि बार्सिलोना भ्यालेन्सियासँग पराजित

माघ १२, २०७६

    स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ।

    ४८औं मिनेटमा बार्सिलोनाका अल्बाले आत्मघाती गोल गरेका थिए। घरेलु मैदानमा उपहार झैं पाएको यो गोलसँगै अग्रता लिएको भ्यालेन्सियाले पुन ७७ औं मिनेटमा बार्साको पोष्टमा अर्को गोल गर्‍यो। म्याक्सी गोमेजले थपेको गोल नै खेलको अन्तिम गोल बन्यो। बार्सिलोनाको यो हार हालै नियुक्त भएका प्रशिक्षक क्विक सेटिनका लागि क्लबमा पहिलो असफलता हो।

    खेल हारेपनि बार्सिलोना ४३ अङ्कसहित अङ्कतालिकाको शीर्षस्थानमै छ। अर्को प्रतिद्वन्द्वी रियल मड्रिडको पनि ४३ अङ्क नै भएपनि गोलअन्तरका आधारमा बार्सिलोना नै अग्रस्थानमा रहेको हो।

    पछिल्लो खेलमा बार्सिलोनालाई पराजित गरेको भ्यालेन्सियाले २१ खेलबाट जम्मा ३४ अङ्क बटुल्न सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]