स्वास्थ्य

कोरोना भाइरसले चीनमा ५६ जनाको ज्यान लियो, साढे २३ हजार संक्रमित

माघ १२, २०७६

    कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। हिजो सम्म  ४१ जनाको ज्यान गएको  चीनमा  विगत २४ घण्टामा थप १५ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। 

    घटनामा ६६८ जनामा थप संक्रमण भेटिएको चीनका स्वास्थ्य अधिकारीले जनाएका छन्। अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको र ती मध्ये २१ हजार ५ सय ५६ जना डाक्टरको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ। ती मध्ये ३ सय २५ जना भने उपचारपछि घर फर्किसकेका छन्। 

    गत महिना चीनको वुहानमा फेला परेको नयाँ भाइरस कोरोनाले महामारीका रुपमा लिएपछि राष्ट्रपति सी चिङपिङ चिन्ता व्यक्त गरेका छन्। उनले कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताउँदै रोकथामका लागि तत्काल पहल थाल्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]