|

काठमाडौं : गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले (दर्शना) उतै लुकेको आरोप खण्डन गर्दै आफू बिरामी भएर नेपाल फर्किन नसकेको बताएकी छिन्‌।

उपमेयर अमेरिकाबाट नफर्केपछि सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो। अमेरिकामा लुकेको समाचार सार्वजनिक भएपछि उपमेयर दन्ताको व्यापक आलोचना भइरहेको छ। 

नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता दन्ता अमेरिकी पुगेकी थिइन्‌। उतै लुकेको समाचार प्रकाशित भएपछि फेसबुकमा स्टाटस लेख्दै दन्ताले मेयर रतन शाहीको अनुमतिमै अमेरिका आएको उल्लेख गरेकी छिन्‌। 

'अमेरिका भिजिट'मा गएकी तीलागुफाकी उपप्रमुख उतै हराइन्

आफ्नै खर्चमा अमेरिका आएको दाबी गर्दै दन्ताले अमेरीकाबाट बारम्बार फोन गर्दा पनि मेयरले फोन नउठाएको उल्लेख गरेकी छिन्‌। नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजाल र वडाध्यक्षहरुसँग अध्यक्षले फोन नउठाएको बारे कुरा समेत भएको उनले दाबी गरेकी छिन्‌। 'कतै बाट केहि प्रतिक्रिया आएन्, सहयोगको त झन कुरै भएन,' उनले लेखेकी छिन्।

पूर्ण सुचना विना नै पत्रकारहरुले एकतर्फी समाचार लेखेको भन्दै दन्ताले यतिखेर आफू राम्रोसँग बोल्न सक्ने अवस्थामा समेत नरहेको फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन्‌। उपचारपश्चात आफू हिँडडूल गर्न सक्ने भएको र पूर्ण रुपमा निको हुन अझै ५ महिना लाग्‍ने उनले बताएकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.