वरिष्ठ धावक जित बहादुर केसी सम्मानित

|

काठमाडौं : कखरा प्रिस्कूलको वार्षिक खेलकुद दिवस २०७६ आज सम्पन्न भएको छ। वरिष्ठ एथलेटिक्स खेलाडी जितबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्‍न कार्यक्रममा विद्यालयमा अध्ययनरत ५ वर्षमुनिका बालबालिकाहरुले विविध खेलकुद क्रियाकलापहरुमा भाग लिएका थिए । 

बाल शिक्षा र बिकासका लागि अध्ययन, अध्यापन, खानपानका अतिरिक्त शारीरिक व्ययाम, खेलकुद र मनोरञ्जन समेतको महत्वलाई दृष्टिगत गरी विद्यालयले अध्ययनरत बालबालिकालाई खेलकुद क्रियाकलापहरुमा नियमित रुपमा सरिक गराई अभ्यस्त गराउने गरेको छ। 

शनिबार आयोजित कार्यक्रममा बालबालिकाले विद्यालयमा बर्षभरी अभ्यास गरिआएका खेल कौषलहरुलाई रोचक ढंगले अभिभावक समक्ष प्रदर्शन गरे । 

कुनै खास खेलकुद क्रियाकलापमा उमेरका आधारमा प्रदर्शन गर्नुपर्ने न्यूनतम कौशल प्रदर्शन गर्न सक्षम प्रत्येक सहभागीलाई विजयी घोषित गरिने विद्यालयको नीति अनुरुप सहभागी सबै बालबालिकालाई विद्यालय प्रिन्सिपल निशा न्यौपाने घिमिरेले पदक तथा पुरस्कार वितरण गरिन्। 

कखरा खेलकुद दिवसको अवसरमा नेपालको शारीरिक शिक्षा र बाल विकासमा उत्कृष्ट योगदान पु¥याउने राष्ट्रियस्तरका खेलाडीहरु मध्ये प्रत्येक वर्ष एक जनालाई सम्मान गर्दैआए अनुरुप यस बर्ष बरिष्ठ धावक श्री जितबहादुर के.सी. लाई सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध संचालक उमानाथ निरौलाले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनसीपमा नाङ्गो खुट्टाले भाग लिई पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन सफल केसीले नेपालको शारीरिक शिक्षा र बाल विकासमा पु¥याएको योगदानको कदरस्वरुप विद्यालले सम्मान गरेको बताए। केसीले आफूलाई विद्यालयले सम्मान गरेकोमा खुशी प्रकट गर्दै विद्यालय परिवार समक्ष आभार जनाए। 

बाल शिक्षा, खानपान, भौतिक संरचना, खेलकुद, अतिरिक्त क्रियाकलाप लागायत बाल शिक्षा र विकाससँग सम्बन्धित मूलभूत कुराहरुमा अन्तर्राष्ट्रिय मापदण्डको अनुशरण गर्दैआएको कखराले स्थापनाको छोटो अवधिमै भक्तपुर क्षेत्रकै एउटा नमूना प्रिस्कूल (किन्डरगार्टेन) को रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.