अस्पतालमा छैनन् दरबन्दीअनुसार चिकित्सक

|
फाइल फोटो

डडेल्धरा : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालको न्यूनतम सेवा मापदण्ड ३० प्रतिशत मात्रै रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेषज्ञ टोली ३ दिन लगाएर गरेको सूक्ष्म अध्ययनले विभिन्न सेवाहरूको प्रवाहको आधारमा उक्त नतिजा निकालेको हो।

‘विशिष्ट विशेषज्ञ’ डडेल्धुरा अस्पताललाई रिफरल अस्पताल अथवा वीर अस्पताल सरह राखेर अध्ययन गरिएको हो। सरकारले अहिले देशभरका अस्पतालहरूलाई ३ स्तरमा राखेर न्यूनतम सेवा मापदण्ड निर्धारण गर्ने कार्यक्रमअन्तर्गत यहाँ पनि गरिएको अध्ययन टोलीका सदस्य तथा परिवार स्वास्थ्य महाशाखा निर्देशक भीमसिंह टिंकरीले जानकारी दिए।

अस्पालतमा देशमै नभएका उपचार सेवाहरू भएपनि सञ्चालनमा नरहेको, सूचना अधिकृत नभएको, इमजेन्सी कोठा व्यवस्थपान, समाजिक परिक्षण नगर्ने गरेको, फोहरमैल व्यवस्थपान उचित नभएको, कर्मचारीमा उत्पेरणा लिने खालको कार्यक्रम नरहेको, अस्पतालको फारमेसीमा औषधि पयाप्त नभएको, स्वास्थ्यकर्मी तथा कर्मचारीले तोकिएको पोसाक तथा आइकार्ड नलगाउने गरेको पाइएको जनाएको छ।

चिकित्सक अभावमा डडेल्धुरा अस्पतालको ओपीडी सेवा १७ प्रतिशत मात्र छ भने राम्रा अंक सुद्ध खानेपानीमा ७५ प्रतिशत र लेखा व्यवस्थापनमा सतप्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। अहिले डडेल्धुरा अस्पतालमा विस्तार चिकित्सक अभाव पनि हट्दै गरेको अस्पतालका निमित्त मेसु डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

अस्पतालमो न्यूतम सेवा मापदण्ड कम हुनको मुख्य कारण दक्ष जनशक्ति अभाव र विशेषज्ञ डाक्टर अभाव नै रहेको अध्ययन टोलीको निष्कर्ष छ। मन्त्रलयाका एक कर्मचारीका अनुसार डडेल्धुरा अस्पतालमा केही महिनाअघि भएको डाक्टर कुटपट घटनाको बढाइचढाइ मन्त्रालय तथा डाक्टरहरूलाई रिपोर्टिङ गरेको छ।

समायोजनाका कारण गएका डाक्टरहरूले आफूहरू डडेल्धुराबाट रगतामे भइ भागेर धनगढी पुगेर बाचेको भन्ने गलत सन्देश डाक्टरमा पुगेकाले खटाएका डाक्टरहरू पनि यहाँ आउन मान्दैन। मन्त्रालयको टोलीले अस्पतालको प्रतिवेदन मन्त्रालयमा प्रस्तुतीकरण गर्ने र छिटै डाक्टर पठाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अस्पतालमा छैनन् दरबन्दीअनुसार चिकित्सक

डडेल्धुरा अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। अस्पतालले ११औं तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन। तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा तीनजना विशेषज्ञ चिकित्सक छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा नौजना चिकित्सक रहे पनि पाँचजना अध्ययन बिदामा रहेका छन्।

चारजना मात्र अस्पतालमा कार्यरत छन्। स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र तीनजना करार गरी १४ जना चिकित्सकमध्ये तीनजना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन्। मन्त्रालयले पठाएका सातजना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्।

यस्तै, अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्। यसैगरी करारमा पठाएका दुईजना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.