|

काठमाडौं : सरकारले महिला उद्यमीहरूको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ सो भेला आयोजना गर्ने घोषणा गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित ‘महिला उद्यमीहरूको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैं उनले ग्रामीण क्षेत्रमा महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने उद्देश्यका साथ सबै स्थानीय तह र जिल्लाहरूका महिला उद्यमीहरूको राष्ट्रिय भेला गर्न लागिएको पनि स्पष्ट पारे।

‘महिलाहरुलाई आर्थिक रूपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यक्ता छ,’ मन्त्री गुरुङले भने, ‘ग्रामीण क्षेत्रका महिलाहरूलाई आर्थिक रुपमा सशक्त बनाउन सरकारले चालू आर्थिक वर्ष भित्रै उद्यमी महिलाहरुको राष्ट्रिय भेला आयोजना गरी आवश्यक ठोस नीति तय गर्नेछ।’

उनले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघ, संस्थाहरूलाई पनि ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिक रूपमा सबल बनाउने गरी काम गर्न सचेत गराए।

मन्त्री गुरुङले उद्यमशीलताको माध्यामबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा लाग्ने संघ, संस्थाहरूसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको पनि बताए। उनले महिलाहरूलाई उद्यमशील बनाउने वातावरण तय हुनेगरी ऐन, कानुन संशोधन गर्ने प्रतिबद्धता पनि जनाए।

हाल संचालनमा रहेका संघ, संस्थाहरूले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेपनि त्यसले अपेक्षित नतिजा नदिएकाले सरकारले नयाँ ढगबाट काम गर्न चाहेको मन्त्री गुरुङको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.