|

काठमाडौं : पश्चिमी न्युनचापीय प्रणालीको असरका कारण आज देशका पश्चिमी भेगमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोपख पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाकी मौसमवीद् प्रतिभा मानन्धरले जानकारी दिइन्।  पश्चिमी भेगमा हिजोदेखि प्रवेश गरेको न्युन चापिय प्रणाली आजदेखि सक्रिय हुन लागेका कारण पानी पर्न लागेको उनको भनाइ छ।

पश्चिमका अधिकांश उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने महाशाखाले जनाएको छ। न्यूनचापिय प्रणालीको असरले भोलीसम्मै पश्चिमी क्षेत्रको मौसम पूर्ण बदली भई वर्षा र हिमपात हुने संभावना छ। यो प्रणालीको प्रभाव देशैभर देखिने भए पनि तुलनात्मक रुपमा पश्चिमी भेगमा बढि देखिने भएकाले वर्षा र हिमपात हुन लागेको मौसमवीद् मानन्धरले बताइन्।। मध्य र पुर्वी भेगको मौसम आज सामान्य बदली हुनेछ। काठमाडौं उपत्यकाको मौसम पनि आज सामान्य बदली हुने तर पानी भने नपर्ने मानन्धरले बताइन्।

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । 
 

यस्तो छ विभागकाे अनुमान

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-१४, बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

माघ १४ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातीः  देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली  रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

रातीः  देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली  रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको साथै पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.