न्यायाधीश सपना प्रधान मल्लाको इजलासमा बहस

|

काठमाडौं : प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। 

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भइरहेको सुनुवाइ हिजो नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 

मंगलबार सुनुवाइ सकेर अदालतले एउटा निर्णय दिनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबारै पेशी तोकिए पनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्चमा न्यायाधीश नहुँदै बहस गरेका हेर्न नमिल्ने सूचीमा राखिएको थियो । 

अदालतमा सभामुख बनाउन नहुने मुद्दाको सुनुवाइ चलिरहे पनि प्रतिनिधिसभाबाट आइतबार सभामुख निर्वाचित भएका सापकोटाले सोमबारै सपथ लिएर पदभार ग्रहण गरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.