|

इलाम : नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को ५ गोलको मद्दतमा इन्डियन वुमन लिग (आइलिग) मा गोकुलम केरला एफसीले क्रेन्क्रे एफसी मुम्बइमाथि सानदार जित निकालेको छ। मंगलबार आफ्नो दोस्रो खेल खेलेको गोकुलमले केन्क्रे एफसीलाई १०–१ को फराकिलो हरायो।

बेङलारु रंगशाला भएको खेलको सातौ मिनेटमा सावित्राले पहिलो गोल गरिन्। १९ औँ मिनेटमा दोश्रो गोल थपिन्। पहिलो हाफको इन्जुरी समयमा ह्रयाट्रिक पूरा गरिन्। ४८ औँ मिनेटमा चौथो र ६१ औँ मिनेटमा पाँचौ गोल गरिन्। केन्क्रेविरुद्ध खेलको तेश्रो मिनेटमा नै गोकुलमले अग्रता बनाएको थियो।

सावित्राको प्रहार रिवाउन्ड भएपछि पाएको अवसरमा करिश्माले पहिलो गोल गरेकी थिइन्। १८ औँ मिनेटमा करिश्माले व्यक्तिगत दोश्रो गोल गरिन्। २०औँ मिनेटमा मनिषाले गोल थपिन्। ३१औँ मिनेटमा ग्रेसले टिमका लागी छैटौ गोल गरिन्।

३५औँ मिनेटमा क्रेन्क्रेकी कप्तान सोम्याले गोल फर्काएर अग्रता कम बनाइन्। ५२औँ मिनेटमा करिश्माले ह्रयाट्रिक पुरा गरिन्। ५ गोल गरेकी सावित्रा वुमन अफ दि म्याच चुनिइन्। प्रतियोगिताको २ खेलमा सावित्राको गोल संख्या ६ पुगेको छ। यसअघि पहिलो खेलमा श्रीभुमीविरुद्ध निर्णायक गोल गरेकी थिइन्।

लिगमा अहिले नेपाली टिमकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले कृप्सा एफसीसँग प्रतिस्पर्धा गर्दैछ। अघिल्लो सिजनमा सावित्रा र अनिता दुवै जनाले सेथुबाट खेलेका थिए। सावित्रा यस सिजनमा ७ नम्बर जर्सीमा मैदान देखा परेकी छन्। अनितालाई सेथुले ११ नम्बर जर्सी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.