|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानुन गलत मनसायका साथ ल्याएको बताएका छन्। 

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकूल वातावरण नभएको उल्लेख गर्दै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए। 

नेकपाले एकदलीय निरंकुसतातर्फ अगाडि बढ्ने आदर्शका साथ अगाडि बढेको भए पनि जनताको बहुदलसँग जोडेर आफूलाई जनवादसँग जोड्न लागेको आरोप लगाए।

‘नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ। जनमतको दबावम बहाना अर्कोथरी गर्नुपरेको छ। बहुदल नमान्ने एकदलीय निरंकुसता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको कम्युनिष्ट शक्तिले आफूलाई बहुदलसँग जोडेर, बहुदलीय जनवादसँग भनेर जनताले बहुदल माग्या छन्। त्यतैतिर आफूलाई जोड्ने प्रयास गरेको छ’, उनले भने।

पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भए पनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताए। संविधान आएपछि संविधान विपरितका कानुन बनाएर काम गर्न पाइँदैन भनेर खबरदारी गर्न पाइएको उनले बताए।

सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाइँदैन भन्ने अवस्था संविधानले ल्याएको उनले बताए। पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भए पनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाए। उनले नेपाली कांग्रेसभित्र अझै पनि धेरै कुरा मिलाउनु पर्ने आवश्यकता रहेको पनि औंल्याए। 

कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पुर्‍याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.