समृद्धिको लागि यवसायीको सहयोग आवश्‍यक: उपप्रधानमन्त्री पोखरेल

|

काठमाडौं : निर्माण व्यवसायीहरूले व्यवसायी र व्यावसायिक उपकरणको सुरक्षाको लागि सरकारको निरन्तर ध्यानाकर्षण गराएका छन्। 

केही दिनअघि गृहमन्त्री रामबहादुर थापा 'बादल'समक्ष पुगेर सुरक्षा माग गरेकोमा फेरि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग पनि सुरक्षा व्यवस्था चुस्त राख्न आग्रह गरेका हुन्। 

निर्माण व्यवसायीहरूका हुनुका २० करोडको निर्माण सामाग्रीमा विभिन्न समूहले आगजानी गरेका छन्। सरकारले व्यवसायीक क्षेत्र र व्यवसायी दुवैको सुरक्षा दिने प्रतिबद्धता जनाएको निर्माण व्यवसायीले बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले निर्माण व्यवसायीहरूको रचनात्मक सहयोगविना समृद्ध मुलुक बनाउन नसकिने बताए।

निर्माण व्यवसायीले तीन चार महिनामा उपकरणहरूमा ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 'विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करीब २० करोडभन्दा बढीको उपकरणमा आगजनी गरिएको छ' अध्यक्ष रवी सिंहले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.