|

सिमरा : प्रहरीले सिमरा मालपोत कार्यालयभित्रबाटै बिचौलियाको रुपमा काम गर्दै आएका ६ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ। मालपोत कार्यालयभित्र फाइल खोजिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको सादा पोशाकको प्रहरीले ६ जना विचौलिया पक्राउ गरेको हो।  

प्रहरीले नियन्त्रणमा लिएका मध्ये अधिकांश लेखापढी व्यवसायी भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जनाए। 
‘उहाँहरूलाई कार्यालयभित्र फाइल खोजिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो’ डिएसपी पुरीले भने, ‘एकपटकका लागि सचेत गराएर छोडिन्छ। दोस्रो पटक यसरी नियन्त्रणमा लिनु परेमा मुद्दा चलाउने सहमति भएको छ। तर अहिले उहाँहरू हाम्रो नियन्त्रणमा नै हुनुहुन्छ।’

प्रहरीले नियन्त्रणमा लिएका लेखापढी व्यवसायीको नाम भने सार्वजनिक गरेको छैन। मालपोत कार्यालय सिमरामा सेवाग्राहीको काम बिचौलिया तथा लेखापढी व्यवसायीको माध्यमबाट हुने गर्दछ। समान्य ५० सय रुपैयाँमा हुने काम लेखापढी व्यवसायीले ५ सयदेखि  हजार रुपैयाँसम्म लिने गरेको सेवाग्राहीको गुनासो बढिरहेका बेला प्रहरीले मंगलबार) ६ जनालाई पक्राउ गरेको हो।  

मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले भने प्रहरीले मालपोत कार्यालय भित्रबाट सादा पोशाकमा आएर विनाजानकारी लेखापढी व्यवसायी नियन्त्रण लिनु त्यति उचित नभएको बताए। 

‘आज सुरक्षा गार्ड छुट्टीमा बसेको भएर केही लेखापढी व्यवसायीभित्र छिर्नु भएको हुन सक्छ। तर उहाँहरूले विना सूचना सादा पोशाकमा आएर काम विशेषले आएका मान्छेलाई नियन्त्रणमा लिनु भएछ’ आचार्यले भने, ‘म आफ्नो कार्य कक्षमै थिए। उहाँहरूले लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर गएपछि मात्रै मलाई जानकारी दिनुभयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.