|

रुकुम : रुकुम पश्चिमका दुईवटा वडा कार्यालयमा आगजनी गरेर क्षति गरेको घटनामा प्रतिवन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ। 

जिल्ला पार्टी सेक्रेटरी मनजीत कामीले एक विज्ञप्ति जारी गर्दै वडा कार्यालयका कागजात तथा सरसमान जलाएको घटनामा पार्टीको जिम्मा लिएका हुन्। केही अघि जिल्लाको आठबीसकोट नगरपालिका १० र बाँफिकोट गाउँपालिका ९ को वडा कार्यालयको सामग्री जलाइएको थियो। 

त्यस्तै जिल्लाका बिभिन्न स्थानमा एनसेलको टावरमा भएको क्षतिको जिम्मा पनि पार्टीले लिएको जानकारी गराउँदै आगामी दिनमा भ्रष्टाचारी जनप्रतिनिधि र स्थानीय सरकारबिरुद्ध श्रृंखलाबद्ध जनताले कारबाही गर्ने उल्लेख गरेको छ। त्यसैगरी जनताको ढाँड सेक्ने लघु वित्तीय संघ-संस्था र एनजिओ आइएनजिओको कार्यालय व्यक्तिको घरमा नराख्न पनि चेतावनी दिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.