|

काठमाडौं : पर्यटन बोर्डको संचालक समिति बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धनन्जय रेग्मी नियुक्त भएका छन्।

म‌गलबार बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव केदरबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्‍मीलाई नियुक्ति गरेको हो। 

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर रहेकोमा रेग्मीलाई नियुक्ति गरिएको हो।

निवर्तमान दीपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

रेग्मी नेपालको हिमाली भू-वैज्ञानिक र हिमनदी विज्ञका रुपमा चिनिन्छन्। उनको कार्यकाल चार वर्षको रहने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.