|

काठमाडौँ : बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी मंगलबार कारागार चलान गरिएको छ।

उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका १ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन्।

उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सोमबार काठमाडौँको गोलढुंगाबाट उनलाई पक्राउ गरी मंगलबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो। 

उनले व्यवसायका लागि रकम आवश्यक पर्‍यो भनी पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए। सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.