|

बुटवलः रुपन्देहीको भैरहवामा बोराको थुप्रोले च्याप्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

सिद्धार्थ नगरपालिका ६ गल्लामण्डीमा आफ्नै घरको सटरमा स्टोर गरिएको बोराको चाङ पल्टिएर भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो। 

घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेका उनिहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा प्रहरीले बिहीबार विहान फेला पारेको थियो । सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ।

रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५/२० बर्ष देखि कवाडीका बोरा जम्मा गर्ने र सिलाएर बिक्री-बितरण गर्दै आएका थिए। उनीहरुको शव पोस्टमोर्टमको लागि भैरहवास्थित भिम अस्पतालमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.