|

डोटी : जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ। नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए।

३५० अंकमा विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पताल वा जिल्लास्तरका प्राथमिक अस्पतालहरूमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अंक प्राप्त गर्दै प्रथम भएको हो। सुदूरपश्चिम ६ महिनाअघि भएको गुणस्तरीय सेवा मापदण्ड फलोअपमा डोटी र अछाम दुई अस्पताल ८९.५ प्रतिशतका साथ उत्कृष्ट भएको थियो। 

सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था यथार्थ अवस्था के छ, ग्याप कहाँ छ? लगायतका विषयमा ६/६ महिनामा मापन हुने गर्छ। यसपटक माघ महिनामा भएको आठौँ फलोअपमा यसअघिको फलोअपमा पुरानो जिल्ला अस्पताल वा सोसरहको मापदण्डअनुसार कुल ३५० अंकमा विभिन्न सूचकांकका आधारमा अस्पतालहरूको मूल्यांकन गरिएको हो।

शुशासन तथा व्यवस्थापन, उपचार सेवा र  अस्पतालका सहयोगी संयन्त्रगरी मूख्य तीन सूचक गरी ७ सय ६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन भएको मूल्यांकनमा खटिएका स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. मिश्रले बताए।  यसअघि डोटीसँगै समान स्थानमा रहेको अछाम अस्पताल ७१ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।

अस्पतालको न्यूनतम सेवा गुणस्तर मापदण्डमा डोटी अस्पतालले प्राप्त गरेको अंक प्रतिशत नयाँ परिस्कृत मापदण्डअनुसार मूल्यांकन गर्दा पहिलाभन्दा सबै अस्पतालको अंक प्रतिशत घटेको निक साइमन्स इन्स्टिच्युटकी आइस्ता शाहीले बताइन्। प्रदेशको उत्कृष्ट अस्पताललाई अझ थप सुविधा सम्पन्न बनाउँदै जैजाने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए।

जिल्ला अस्पतालहरूमध्येमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ र  बाजुरा ५५ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य निर्देशनालय राजपुरले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.