पटक पटक ताकेता गर्दा पनि टेरेन अख्तियारले
पटक पटक ताकेता गर्दा पनि टेरेन अख्तियारले
काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई भ्रष्टाचारसम्बन्धी मुद्दाको अभिलेखसहित उपस्थित हुन आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले अख्तियारका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो।
नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख अख्तियारले पटक पटक ताकेता गर्दा पनि दिन नसकेपछि अदालतले यस्तो आदेश दिएको हो।
अख्तियारले २०७५ कात्तिक ८ गते र फागुन २३ गते पनि आयोगको सचिवलाई सम्बोधन गरी यस्तै आदेश दिएको थियो।
‘अख्तियारको निर्णयमा कागज फेला नपरेको भनी जवाफ पठाएको देखियो, यसलाई जवाफदेहीतापूर्ण काम कारवाही मान्न मिल्ने देखिँदैन’, अदालतको आदेशमा भनिएको छ, ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएको मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिलाई उचित ठान्न सकिदैनँ।’
अदालतले आयोगका सचिव स्वयम् निर्णय, फाइल र अभिलेख लिएर इजलाससमक्ष अनिवार्य उपस्थित हुन भनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।