|

काठमाडौं : महोत्तरी  जिल्लाकाे बर्दिबास नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक,निजी स्कुल र कलेजहरूमा बहुप्राविधिक विषय सञ्चालन गरेको छ। नगरपालिकालाई शिक्षाको हकको विकास गर्न प्राविधिक विषय सञ्चालन गरेको हो। 

बर्दिबास नगरपालिका शिक्षा शाखा प्रमुख गणेश दाहालले नगरपालिकालाई शिक्षा क्षेत्रबाट चिनाउन साथै विकास क्षेत्रलाई अगाडि बढाउन प्राविधिक विषय गत सालबाटै सञ्चालनमा ल्याएको बताए। उनले भने,‘बहुप्राविधिक विषय सञ्चालन गर्ने नगरपालिकाको महत्वकाक्षी योजना थियो। त्यो पूरा गरेरै छाडेका छौँ।’

प्राविधिक शिक्षाले विद्यार्थीहरूको सीप क्षमतालाई अभिवृद्धि गर्ने उनको अपेक्षा छ। उनका अनुसार नगरपालिका भित्र ५२ वटा सामुदायिक विद्यालय छन्। जसमा १९ वटा मावि र बाँकी आधारभूत विद्यालय छन्। निजी भने करिब ३० वटा निजी स्कुलहरू छन्।  

दुईवटा बहुमुखी क्याम्पस छन्। त्यसमा इन्जिनिरिङ, इलेक्ट्री विषय सञ्चालन गरिएको छ। निजी स्कुलमा पनि १८ महिने प्राविधिक तालिम सञ्चालन भइरहेको छ। ‘सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको कृषि र भेटनरी बालीविज्ञान र पशुतर्फ सञ्चालन गरिरहेका छौँ,’उनले भने,‘यो जनता मावि गौरीडाँडामा सञ्चालन गरिएको छ।

सामुदायिक विद्यालयहरूमा पनि प्राविधिक शिक्षा दिँदै आएका छौँ। सिभिल इन्जिनियरिङको पनि पढाई भइरहेको छ। कृषि कलेज पनि बर्दिबासमा सञ्चालनमा छन्।’

उनले शिक्षा व्यवस्थापनका लागि डेढ करोड बजेट निकासा गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र सामुदायिक र निजी स्कुल गरी करिब १४ हजार विद्यार्थीहरू अहिले अध्ययनरत छन्। 

महोत्तरीबाट फर्केपछि
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.