|

काठमाडौं : राजधानीमा सञ्चालित फिटनेस सेन्टर र साउना बाथ सेन्टरबारे राष्ट्रिय सभामा प्रश्‍न उठेको छ। सांसद बिमला राई पौडेलले काठमाडौंकाका फिटनेस सेन्टरहरुको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले गत माघ १५ गते ललितपुरको सातदोबाटो विशाल चोकमा फिट एण्ड फाइन एरोविक्स फिटनेस सेन्टरमा साउना लिन गएका हस्त गुर्जवा पुन मगर र नेत्र कुमारी मगर दम्पत्तिको मृत्यु भएको कुरा उठाइन्। 

राजधानीमा च्याउ उम्रेजसरी खुलेका फिटनेस सेन्टरको तुरुन्तै अनुगमन गरी मापदण्ड अनुसार सम्बन्धित निकायप्रति जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिइन्।

'फिटनेस सेन्टरहरु खोल्ने कसले हो? यसको रजिष्ट्रेशन कहाँ हुन्छ? यसको मापदण्ड के हो? कर्मचारीले कति पढेको हुनुपर्छ? साउनामा ६ बजे छिरेको मान्छे ९ बजेसम्म निस्कँदैन भने हेर्ने त्यहाँको कर्मचारी हुन्छ कि हुदैन?', उनले सोधिन्, 'यी सबै व्यवस्थापनमा तुरुन्तै ध्यानाकर्षण गराउन चाहन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.