|

काठमाडौं : नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ।

एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो। इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाइल एप्स्मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ।

प्रतियोगीलाई एकपटकमा न्यूनतम एक भोटदेखि अधिकतम एक हजार भोट गर्न सकिनेछ। भोटिङ शुक्रबार बेलुकी ८:३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ। नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन।

प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा, पोखराकै मुसकान रानाभाट, हेटौँडाकी मिग्मा लामा, काठमाडौंकी मेघा श्रेष्ठ, पोखराकी ममता गुरुङ, बर्दिवासका किरण कुमार भुजेल, चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिश्पर्धा गरिरहेका छन्।

नेपालका चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो। पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.