|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जस्तापाता बाँड्न बुधबार गृहजिल्ला गुल्मी आइपुगे। जिल्लालाई नै खरका छानामुक्त बनाउन आफू लागिपरेको भन्दै मन्त्री ज्ञवालीले रेसुंगा नगरपालिका वडा नं १४ पराल्मीमा जस्तापाता वितरण गरेका हुन्। 

आफूले निर्वाचनको समयमा घोषणपत्रमा समेत उल्लेख गरेकाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई ब्यबाहारमा नै लागु गरेको दाबी गरे। मन्त्री ज्ञवालीले  केन्द्र सरकारले यसलाई प्राथमिकताका साथ राखेको भन्दै गुल्मी जिल्लाका स्थानीय तहले पनि यसलाई निरन्तरता दिँदै गएकाले खरका छानामुक्त जिल्ला घोषणा गर्नका लागि अन्तिम चरणमा पुगेको बताए।

गुल्मीमा ४१०० घरका खरको छानो जस्तापाताले विस्थापित

यसअघि गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जेलाई जिल्लामै  पहिलो खरका छानामुक्त वडा घोषणा गरिसकिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले खरका छानामुक्त वडा, गाउँपालिका र नगरपालिका घोषणपश्चात जिल्लालाई नै खरका छानामुक्त जिल्ला घोषणा योजना सुनाए।

जिल्लाका १२ मध्ये केही स्थानीयतहले आर्थिक बर्ष २०७४/७५ मै खरका छाना विस्थापन कार्यक्रमको लागि बजेट विनियोजन गरेका थिए। यो बर्ष मात्रै जिल्लाका दुई नगरपालिकासहित सात स्थानीयतहले खरका छानामुक्त स्थानीय तह घोषणा गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.