|
फाइल तस्बिर

सुर्खेत : कर्णाली प्रदेशसभाका सदस्यले प्रदेश सरकारको आलोचना गरेका छन्। शुक्रबारबाट सुरु भएको प्रदेशसभा बैठकमा बोल्ने प्रायः प्रदेशसभा सदस्यले प्रदेश सरकारको आलोचना गरेका हुन्।

प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारका मन्त्री व्यक्तिगत स्वार्थपूर्तिमा लागेको अरोप लगाए। उनकै भाषामा मन्त्रीहरू अहिले आ-आफ्नो घर निर्माणमा लागेको भन्दै व्यंग्य गरेका छन्। हुम्लामा महामारीबाट दजर्नौ मानिसको मृत्यु भएको तर सरकारको ध्यान नपुगेको उनको भनाइ छ। प्रतिपक्ष रचनात्मक बन्दा पनि सरकार काम गर्न असफल भएको उनको आरोप छ।

सत्तापक्षका सांसद यामलाल कँडेलले पनि सरकारकै आलोचनामा समय खर्चिएका छन्। उनले दुई तिहाइको ऐतिहासिक अवसर प्राप्त भएको बखत पनि सरकारको काम किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न गरेका छन्। प्रदेश सरकारका मन्त्रीहरू आफैँ निराशाजनक अभिव्यक्ति दिँदै हिँडेको उनको भनाइ छ। पदीय मर्यादाविपरीत आफ्नै पार्टी पंक्तिलाई दोष दिने गरेको भन्दै सरकारप्रति असन्तुष्टि पोखे।

कँडेलले संसदबाट पारित कतिपय योजन सरकारले आफूअनुकूल फेरबदल गरेको भन्दै आपत्ति जनाए। संसद प्रतिपक्षको र सरकार बहुमतको भएको प्रशंग उल्लेख गर्दै सांसद कँडेलले प्रतिपक्षले आलोचना गर्नु स्वभाविक भएको बताए।

साथै उनले सत्तापक्षले नै आलोचना गर्नुपर्ने स्थिति पैदा भएको भन्दै दुई तिहाइको कम्युनिष्ट सरकारले अरूलाई दोष दिने ठाँउ नरहेको जिकिर गरे। उनले संसदलाई प्रतिपक्षको जस्तो व्यवहार नगर्न सुझाव दिँदै पार्टीभित्रैबाट भएको आलोचनालाई सकारात्मक रूपमा लिन आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद शोशिला शाहीले प्रदेश सरकारको बजेट खर्च कागजमै सीमित भएको बताइन्। बजेट कार्यान्वयनको सदनमा समीक्षा हुनुपर्ने उनको भनाई छ। आसेपासे कार्यकर्तालाई मात्रै मोटाउने काम प्रदेश सरकारले गरेको उनको आरोप थियो। उनले नीति तथा कार्यक्रमलाई बेथिती तथा कार्यक्रम भन्नुपर्ने भन्दै कटाक्षसमेत गरिन्।

बैठकको प्रारम्भमा सभामुख राजबहादु शाहीले प्रदेश प्रमुखले सदन आव्हान गरेको पत्र पढेर सुनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.