|

सिन्धुपाल्चोक : पाँचपोखरी थाङपालधाप गाउँपालिका–८  तिपेनीको प्रहरी चौकिमा शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको छ।

आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते भएका छन्। राति करिब १ बजे १० वटाभन्दा धेरै मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। उक्त समूहले प्रहरी चौकीमा ढुंगामुडा गरेको प्रहरीले बताएको छ।

आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। प्रहरीले आक्रमण रोक्न पाँच राउण्ड हवाई फायर गरेको बताइएको छ। असइ झालाई उपचारकाा लागि काठमाडौं लगिएको छ। हवल्दार मगरको मेलम्चीमा उपचार भइरहेको छ। 

आक्रमणमा संलग्नमध्ये एकजना र दुईवटा मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमाको टोली तिपेनी पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घटनास्थलमा पुगेका थिए। 

प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.