४२ ओभरमा ८ विकेट गुमाउँदै नेपालको १६४ रन

|

काठमाडौं : नेपाली युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन्। 

बायाँ हाते युवा अलराउन्डर मल्लले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकै पहिलो खेलमा ५० रन बनाई कीर्तिमान रचेका हुन्। उनले अमेरिकी राष्ट्रिय क्रिकेट टोलीविरुद्ध शानदार ब्याटिङ गरेका कुशलको आज १५ बर्ष ३४० दिन पुगेको छ।

यसअघि सचिन तेन्दुलकर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्ड नेपाली खेलाडी रोहित कुमार पौडेलले तोडेका थिए। युएईसँग भएको दोस्रो ओडीआईमा रोहितले बनाएको रेकर्ड आज फेरि अर्का नेपाली खेली कुशलले आफ्नो नाममा दर्ज गराएका हुन्। 

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अहिले नेपाल र अमेरिकाबीच खेल हुँदैछ। कीर्तिपूरस्थित टीयु क्रिकेट मैदानमा भइरहेको खेलमा ८ विकेट गुमाउँदै ४२ ओभरमा नेपालले १६४ रन बनाएको छ। नेपाली ब्याट्सम्यानहरु अमेरिकी बलरसामू निरिह देखिएका छन्। 

टस हारेर पीचमा उत्रिएको नेपालका ओपनर सुवास खकुरेल १० बलमा जम्मा ३ रन जोड्दै पेभेलियन फर्किए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ३९ बलमा २१ रन बनाउँदै आउट भए। यस्तै पारस खड्का ५२ बलमा १९ रन, दिपेन्द्रसिंह ऐरी २ बलमा शुन्य रन र आरिफ शेख १६ बलमा २ रन, करन केसी २१ बलमा १२ रन र सन्दीप लामिछाने २ बलमा शून्य रन बनाउँदै आउट भएका छन्।

अहिले पीचमा शुसन भारी र विनोद भण्डारी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.