|

दशरथचन्द नगरपालिका बैतडीको सबैभन्दा पूरानो नगरपालिका हो। यो नगरपालिका सदरमुकामसँग जोडिएको छ। शहीद दशरथचन्दको जन्मघर पनि यसै नगरपालिकाभित्र पर्दछ। उनकै नामबाट नगरपालिकाको नाम रहन पुग्यो। भारतसँग सीमा जोडिएको यस नगरपालिमा ११ वडा रहेका छन्। प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा त्रिपुरा सुन्दरी, जगन्नाथ मन्दिर, निंग्लाशैनी मन्दिर, देवलहाल,इश्वरी गंगा धाम,महारुद्र मन्दिरलगायतका रहेका छन्। ३४ हजार ५७५ जनसंख्या रहेको यस नगरपालिकाको १३५.१५ वर्ग किमी रहेको छ। वि.सं. २०१९ सालमा बैतडीको दशरथचन्द नगरपालिका ८ (साविकको त्रिपुरा सुन्दरी गाविस) मा जन्मिएका नरेन्द्र सिंह थापा हाल दशरथचन्द नगरपालिकाका प्रमुख छन्। विद्यालयस्तरको पढाई शुरू गर्दै गर्दा वि.सं. २०३४ सालमा विरेन्द्र माविका नेपा विद्यार्थी संघ इकाई कमिट सदस्य भएका थिए। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरू गरेका थापाले त्यसपछि कक्षा १२ सम्मको पढाई काठमाडौंस्थित सरस्वती माविबाट गरे। २०४६/०४७ को जनआन्दोलनमा समेत सहभागी भएका थापा नेपाली कांग्रेसवाट २०४९ सालमा तत्कालिन त्रिपुरासुन्दरी गाविसका अध्यक्ष भए। त्यसपछि वि.सं. २०५४ दशरथचन्द नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए। कांग्रेसमा इमान्दारिता निभाउने बैतडीका एक मात्र हुन् भन्दा फरक नपर्ला। २०५५ सालमा दशरथचन्द नगरपालिकाको नगरसभापति त्यसपछि २०५९ देखि २०६४ सालमा लगातार दुईपटक क्षेत्रीय सभापति चुनिए। २०७३ सालमा उनी निर्विरोध रुपमा जिल्ला सभापति चुनिए। अहिले पनि सभापति रहेका थापाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई ६२ मतले पराजित गर्दै दशरथचन्द नगरपालिकाको प्रमुखमा निर्वाचित भए। बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापासँग थाहाकर्मी विनोदसिंह विष्टले गरेको कुराकानीः
 

नगरपालिकाले के कुरा प्राथमिकतामा राखेको छ ?

सडक पूर्वाधार प्राथमिकतामा छ। हरेक वडालाई सडकले छोएको छ। शिक्षाका पनि केही गुणस्तरीयता माध्यान दिएको छौं। गतबर्ष ५५ लाख खर्चिए र चालु आवमा ८० लाख विनियोजन गरेका छौं। अध्यारोमुक्त नगरपालिका बनाउन राजमार्ग र बजार क्षेत्रमा सौर्यबत्ती जडान गरेका छौं। देहिमाडौं बजारदेखि त्रिपुरासम्म सरसफाइका लागी बजारक्षेत्रमा डस्टबिनको ब्यवस्था छ।

जनप्रतिनिधि भएपछिका दिनहरू कसरी बित्दैछन् ?

सर्वप्रथम त म पहिलोपटक जनप्रतिनिधि चुनिएको होइन। म यसभन्दा पहिले २०४९ सालमा साविकको त्रिपुरासुन्दरी अध्यक्ष र त्यसपछि २०५४ सालमा दशरथचन्द नगरपालिकाको उपमेयर पदमा चुनिएको थिए। जनप्रतिनिधि भएपछि जनताकै समस्या समाधानमै ध्यान केन्द्रित छ।

हामीले विषेश गरी नगरक्षेत्र भित्र रहेका युवालाई व्यवसायमा जोड्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेका छौँ। हरेक वडामा सडक पुगेपछि मात्रै त्यहाँका अन्य विकास गर्न सम्भव हुने भएकाले हामीले हरेका वडामा सडकको अभियान चलाएका थियौँ र जुन अहिले पुरा हुने अवस्थामा छ।

नगरको विकासका लागि के कस्ता योजनाहरू बनाउनुभएको छ?

नगरको विकासको लागि मैले बनाएको योजना भन्दा पनि जनताले बनाएका योजनालाई बढी ध्यान दिने गरेको छु। किनकि नगरका जनताको उन्नति नै नगरको उन्नति हो। हामीले विषेश गरी नगरक्षेत्र भित्र रहेका युवालाई व्यवसायमा जोड्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेका छौँ। हरेक वडामा सडक पुगेपछि मात्रै त्यहाँका अन्य विकास गर्न सम्भव हुने भएकाले हामीले हरेका वडामा सडकको अभियान चलाएका थियौँ र जुन अहिले पुरा हुने अवस्थामा छ। त्यसपछि हामीले हरेक वडाका युवालाई उद्यमशिलतामा जोड्नका लागि कार्यक्रम ल्याउछौँ। कुनै व्यवसाय गर्ने युवाहरुलाई अनुदान दिने र अनुदानका लागि अन्य निकायमा सिफारिस गर्ने पनि गरेका छौँ। साथै नगरका युवाहरुमा क्रिकेटका साथै खेलप्रति बढ्दो मोह भएकोले खेलकुदलाई पनि प्राथमिकतामा राखेका छौं। हरेक बर्ष मेयर र उपमेयर क्रिकेट कप सञ्चालन गर्दै आएका छौं।

नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक एवं पुरातात्विक सम्पदाहरुलाई पनि संरक्षण र सम्बद्र्धन गर्नुका साथै तिनको प्रचारप्रसार गरी यस नगरपालिकामा पर्यटकहरुलाई भित्र्याउने किसिमका कार्यक्रमहरु पनि छन्। यो नगरपालिका भारतसंग जोडिएको र भारका हजारौँ दर्शनार्थीहरु आउने त्रिपुरासुन्दरी, निंग्लाशैनी र जगन्नाथ मन्दिर पनि यसै नगरपालिकामा भएकाले हामीले त्यस ठाउँमा पर्यटकहरुलाई भित्र्याउने र त्यसबाट यहाँको आर्थिक विकासमा टेवा पुर्‍याउने पनि विश्वास लिएका छौँ। खानेपानी समस्या भएका क्षेत्रमा खानेपानी योजना निर्माण, पिसिसि बाटो र सिचाँईलाई पनि प्राथमिकतामा राखेर काम भईरहेको छ। जनताका माग अनुसारका अन्य धेरै कामहरु आगामी दिनमा निरन्तर गर्ने योजना पनि छ। 

जनता विकासको गति तीब्र रुपमा चाहन्छन्। मेसिन युगको माग हो। जनस्तरबाट छिटो सडक चाँहियो भन्ने माग आउँछ। सडक छिटो पुर्‍याउन मेसिनको प्रयोग नगरि संभव छैन।

विकास बजेट खर्चको अवस्था के छ नगरपालिकामा ?

यो नगरपालिका विभिन्न व्यापारिक केन्द्रहरु संग प्रत्यक्ष जोडिएको हुदा यहाँ खर्चको लागि गाह्रोे छैन्। धेरैजसो स्थानीय तहहरुले बजेट खर्च गर्न नसकेको गुनासो आउने गरेको छ तर हामीकहाँ थोरै बजेट आएको हो कि जस्तो लाग्छ अब हामीसंग बजेट नभएकै कारण कामहरु रोकिने अवस्था छ। बजेट खर्चको लागि समस्या छैन तर बजेट प्रयाप्त नहुदा चाई समस्या छ। 

 विकास निर्माणका काम गर्दा मजदुरको रोजगारी खोसेर मेसिनकै बढी प्रयोग हुने गरेको जनगुनासो आउने गरेको छ। के छ यहाँको भनाई ?

जनता विकासको गति तिब्र रुपमा चाहन्छन्। मेसिन युगको माग हो। जनस्तरबाट छिटो सडक चाँहियो भन्ने माग आउँछ। सडक छिटो पुर्‍याउन मेसिनको प्रयोग नगरि संभव छैन। यसका बाबजुद पनि हामीले सडकको पर्खाल र नाली निर्माण गर्दा स्थानीय मजदुरकै प्रयोग गर्नुपर्ने नीति अख्तियार गरेका छौं। मुख्य सडकलाई मेसिनबाट खनिएपनि साना सडक र बाटोहरुलाई जनस्तरबाट नै निर्माण भईरहेका छन्। गाउँमा सडक पुगेपछि स्थानीयले अब आधुनिक खेती शुरू गर्न प्रेरणा दिइरहेका छौं। गाउँमा जाने गाडी फर्केर आउँदा गाडी रित्तै आउनु भएन्। गाउँमा सडक पुगेपछि आयात निर्यात बढाउन स्थानीय उत्पादनलाई जोड दिएका छौं।

जनप्रतिनिधिले विकास भन्दा पनि अनियमिततातिर लागे भन्ने आरोप पनि लाग्ने गरेको छ। आर्थिक मितव्ययिता कस्तो अपनाउनुभएको छ ? 

सबै जनप्रतिनिधिएकै नासका हुदैंनन् होला, म जनताको सेवामा सदैंव समर्पित हुने उद्देश्यले यो पदमा आएको हुँ। मलाई जनताका माग र आवश्यकता कसरी पुर्ती गर्ने भन्ने मात्रै हुन्छ। त्यसमा पनि योजना निर्माण गर्ने विभिन्न चरणहरु हुन्छन्। वडा भेलादेखि जनसहभागितामा योजना छनौट हुन्छन्। त्यो प्रक्रियाबाट नआएर सिधैं व्यक्तिगत योजना माग्नेले गलत हल्ला गरेका हुन्। विगतमा हुने भागबण्डाका आधारमा योजना लग्ने र गुणस्तरीय काम नगरि कमिसन खाने व्यक्तिले अहिले त्यो गर्न पाएका छैनन् त्यसैले हल्ला चलाउनछन्। म र मेरो नगरपालिकाको टिम अनियमिततामुक्त छ।

 

गरिब, असहायका लागि लागि के कस्ता राहतका कार्यक्रम छन् ?

नगरपालिकाले गत बर्ष वडा नं. १० मा सहारा विहिन पाँच जना बालबालिकालाई कपडा, आर्थिक सहयोग र जिर्ण रहेको घर मर्मत गरेर बालबालिकालाई स्कुल पढ्ने व्यवस्था मिलाएका छौं। नगरपालिका भित्रका कुनै पनि नागरिकले गरिबीकै कारण स्कुल पढ्न नसक्ने अवस्थाको अन्त्य गर्ने गरि काम गरिरहेका छौं। समग्रमा नागरिकको मौलिक हक सुरक्षित हुने गरि विकासका काम गरिरहेका छौं। मैले आफ्नो तलब भत्ताबाट समेत गरिब, बिपन्न र उपचार खर्च नभएर अस्पताल जान नसकेका व्यक्तिलाई आर्थिक सहयोग गरेको छु।

सदरमुकाममा हुने काम सबै स्थानीय तहमा हुन थालेपछि मान्छेको आवत जावत निश्चित रुपमा घटेको छ। तर, दशरथचन्द नगरपालिकाले निकट समयमै व्यवस्थित सहरीकरणको योजना ल्याएको छ। बसाईँसराई रोक्न व्यवस्थित विकास चाहिन्छ।

सदरमुकासँग जोडिएको नगर हो। तर, हाल खासै चहलपहल देखिदैन किन होला ?

स्थानीय तहको पुनःसंरचनापछि जिल्ला सदरमुकाम खारेज जस्तै भएको छ। १४ भन्दा बढी सरकारी कार्यालय खारेज भएका छन्। सदरमुकाममा हुने काम सबै स्थानीय तहमा हुन थालेपछि मान्छेको आवत जावत निश्चित रुपमा घटेको छ। तर, दशरथचन्द नगरपालिकाले निकट समयमै व्यवस्थित सहरीकरणको योजना ल्याएको छ। बसाईँसराई रोक्न व्यवस्थित विकास चाहिन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जन गर्न सके नगरपालिका र जिल्ला सदरमुकामको मुटुमा चहल पहल बढ्न सक्छ। बैतडी सदरमुकाममा ५० शैयाको अस्पताल बन्दैछ। त्यहाँ ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी हुने बित्तिकै चहलपह बढ्न सक्छ। 
त्यसैगरी दशरथ चन्द नगरपालिकामा रहेको जगन्नाथ बहुमुखी क्याम्पसलाई व्यवस्थित गर्ने कुरा आएको छ। शिक्षा क्षेत्रमा विभिन्न विधाको पढाई शुरू गर्न नगरपालिकाले सक्दो सहयोग गर्छ। 

सरकारले घोषणा गरेको भ्रमण बर्षको योजना के छ?

दशरथचन्द नगरपालिकाले भ्रमण बर्षलाई भव्य रुपमा मनाउदैंछ। नगरपालिकाले “घुम्न जाऔं दशरथचन्द” अभियान सञ्चालनमा छ। भ्रमण बर्षको पहिलो दिन सीमानाका झुलाघाटमा एक औपचारिक कार्यक्रम गरेको थियौं। उक्त दिन आएका पहिलो पर्यटकलाई बाजागाजासहित फूलमालाले स्वागत गर्यौं। 
भ्रमण बर्षमा घुम्न आउने पर्यटककलाई यहाँ रहेका धार्मिक तथा पर्यटकिय स्थलको बारेमा जानकारी गराउने र घुमाउछौं। 

प्रजातन्त्रको आन्दोलनका धरोहर, देश र जनताको लागि जीवन बली चढाउने जेष्ठ शहीद दशरथचन्द पनि यसै नगरपालिकामा जन्मेका हुन र उनकै नामबाट नामकरण गरिएको यस नगरपालिकाले शहीद दशरथचन्द साख राख्नकै लागि भएपनि अरुभन्दा धेरै कामहरु गर्नुपर्ने छ।

शहीद दशरथचन्दको गृहनगर पनि हो। शहीद चन्दको साख राख्नलाई पनि केही योजना छन् कि?

देशमा जाहानिया राणा शासकोको अन्त्यका लागि बलि दिएका चार सपुत मध्ये एक एक सपुत बलि चढाएको जिल्ला हो बैतडी। प्रजातन्त्रको आन्दोलनका धरोहर, देश र जनताको लागि जीवन बली चढाउने जेष्ठ शहीद दशरथचन्द पनि यसै नगरपालिकामा जन्मेका हुन र उनकै नामबाट नामकरण गरिएको यस नगरपालिकाले शहीद दशरथचन्द साख राख्नकै लागि भएपनि अरुभन्दा धेरै कामहरु गर्नुपर्ने छ। हामीले पनि दशरथन्दको भावनालाई अंगिकार गरेर राजनीतिक यात्रा शुरू गरेका हौ। जनअपेक्षा अनुसार काम गर्नु, कुनै जात, धर्म, भाषा र वर्ग नभनी जनताप्रति उत्तरदायी भएर काम गर्नु नै दशरथचन्दको पनि उद्देश्य थियो भन्ने बुझेका छौँ र सोही अनुसार हामी पनि यहाँको विकास निर्माणमा लागेका छौँ। नगरक्षेत्र भित्र रहेको जातीय विभेद र छुवाछुतलाई पनि अन्त्य गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरु चलाईरहेका छौँ। दशरथचन्दको उद्देश्य र भावना अनुसारनै हामी पनि काम गर्ने छौ। 

तीन तीन पटक जनप्रतिनिधि भएको व्यक्ती कसरी लोकप्रिय हुनुभयो ?

म आफूलाई भन्दाबढी जनताको सेवामा खटिन मन पराउने मान्छे हो। सरल स्वभावमा मान्छे हुँ। राजनीतिमा लागेको पनि झण्डै ४० वर्ष भयो होला। त्यो अवस्थामा म दुई पटक नेपाली काँग्रेसको क्षेत्रीय सभापति बने। अहिले जिल्ला पार्टी सभापति पनि छु। जनताले मलाई लोकप्रिय मत दिएर निर्वाचित गरे। राजनीतिमा लागेर मैले कमाएको सम्पत्ति भनेको जनताको माया हो। मैले आर्थिक स्वार्थमा कहिल्ये पनि कुनै काम गरिन।

जनतासँग प्रत्यक्ष भेटघाटको क्रममा पनि उनिहरुका आवश्यकताहरुको बारेमा नै मेल्ने सोच्ने गरेको छु। जनताबाट आएका मागहरुलाई प्राथमिकीकरण गरी कार्यान्वयनका पाटोमा लाग्न म र मेरो टीम प्रतिबद्ध छ।

साढे तीन वर्ष अघि मैले नेपाली कांग्रेसको सभापतिमा निर्विरोध निर्वाचित हुने बेला कृषि विकास बैंकको ३० हजार ऋण तिर्न नसकेर घर लिलामीको सूचना आएको तपाईले सुन्नु भएकै हो। राजनीतिमा लागेर मैले आर्थिक स्वार्थमा फसेको भए बैंकको ३० हजार ऋण तिर्न सक्थे हुँला तर, मैले घर लिलामीको सूचना आउन्जेलसम्म पनि बैंकको ऋण तिर्न सकिन्। पछि साथीले चन्दा उठाएर मेरो घर लिलामी हुनबाट रोकेका हुन्। जनताको माया नै मेरो अहिलेसम्मको सम्पत्ति हो। 

नगर विकास र समृद्धिका नयाँ योजना के-कस्ता छन्‌?

मुख्य कुरा रोजगारी सिर्जना गर्ने योजना बनाएको छु। पाँच वर्षसम्म दशरथ चन्द नगरपालिकालाई समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ भन्ने विषयमा नगर कार्यपालिकामा विशेष छलफपल र बहस गरिरहेका छौं। जनतासँग प्रत्यक्ष भेटघाटको क्रममा पनि उनिहरुका आवश्यकताहरुको बारेमा नै मेल्ने सोच्ने गरेको छु। जनताबाट आएका मागहरुलाई प्राथमिकीकरण गरी कार्यान्वयनका पाटोमा लाग्न म र मेरो टीम प्रतिबद्ध छ। यसमा कर्मचारी, नागरिक समाज र जनप्रतिनिधि सबैले शुद्ध र पवित्र मनले जन भावनालाई शिरोधार्य गरेर काम गरे अवश्य पनि सम्बृद्ध नगरपालिका बन्ने आशा लिएका छौं। विगत देखिनै जनताका हरेक दुःख पीडासँग लड्दै राजनीति गरिरहेको छु। मेरो चाहाना पनि छ की म देश र जतनाकै पक्षमा निरन्तर लागिरहुँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.