|

चितवन : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशालामा जारी धनधान्याचल महोत्सवमा आइतबारसम्ममा ३५ करोड सहयोग संकलन भएको छ। हरेक दिन दाताले महोत्सवस्थलमा पुगेर करोडौँ सहयोग गरिरहेका छन्। 

पहिलो पल्ट ३ करोड सहयोग आएको थियो भने त्यसपछि सहयोगी दाताको संख्या बढ्दै जाँदा सहयोग पनि बढ्दै गएको छ। अर्को दिन ५ करोड, त्यसपछि ९ करोड संकलन भएको थियो भने शनिबार एकैदिन १५ करोड संकलन भएको थियो। 

आइतबार एकैदिन ५ करोड

महोत्सव मूल समारोह समितिका अनुसार आइतबार एकैदिन ५ करोड सहयोग संकलन भएको छ। भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको रंगशाला निर्माणका लागि माघ १९ देखि धनधान्याचल महोत्सव जारी छ।

५० करोड संकलन गर्ने लक्ष्यका साथ सुरु भएका महोत्सव सोमबार एक कार्यक्रमकाबीच समापन गरिने मूल समारोह समितिका संयोजक एवं सांसद विजय सुवेदीले बताए। धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा निर्माणाधीन ३० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्पन्न गर्न ३ अर्ब लाग्ने फाउण्डेसनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.