प्रेमिकाका दुईजना दाइ पक्राउ, एक फरार

|

रौतहट : प्रेमिका भेटन गएका एक युवकको रौतहटमा हत्या भएको छ। रौतहटको इशनाथ  नगरपालिका-८ बस्ने २० वर्षीय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउँमा हत्या भएको रौतहट प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आइतबार पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रविराज खड्काले गत माघ १५ गते राति भिनाजुको भारतीय नम्बरको मोटरसाइकल लिएर राजपुर नगरपालिकाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाका तीनजना दाइले घाँटी थिचेर हत्या गरेको बताए।

हत्यापछि अभियुक्तले स्थानीय भकुवा खोलामा फालेको हकको शव गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खडका भनाइ छ।

माघ १५ गते राति ११ बजेको समयमा बासको घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको प्रहरीका गहन अनुसन्धानबाट पुष्टि भएको उपरीक्षक खड्काले बताए। अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन्।

प्रहरीको गहन अनुसन्धानको क्रममा हैदर र असगरले दाजुभाइ मिलेर हकलाई मारेको स्वीकार गरिसकेको उनले जानकारी दिए। एसपी खड्काले मृतकको बुवा शेख महम्मद रइसुल आजमको किटानी जाहेरीको आधारमा नियन्त्रणमा रहेका दुवैजनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडी बढाएको बताए।

जुद्ध मावि गौरमा कक्षा ११ मा अध्ययनरत छात्रसमेत रहेका युवक हक माघ १५ गते साँझ ५ बजेको समयमा इशनाथ नगरपालिका-५ मोतिपुर भिनाजुको घर जाँदै छु भनेर घरबाट निस्केको उनको परिवारका सदस्यले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.