|

काठमाडौं : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ-सेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागि फिनलिट नेपालसँग सहकार्य गरेको छ।

वित्तीय साक्षरतासम्बन्धी सम्झौता पत्रमा इ-सेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाबीच हस्ताक्षर भएको हो। इ-सेवाले सामाजिक उत्तरदायित्वअन्तर्गत नीजि क्षेत्रका तर्फबाट वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने उदेश्यले यो कार्यक्रम अगाडि बढाएको इसेवा फोन पे प्रालिको संचार शाखाले जनाएको छ।

यस कार्यक्रमअन्तर्गत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवालगायतका वित्तीय साक्षरतासम्बन्धी मुलुकका विभिन्न स्थानमा कक्षा सञ्चालन जनाइ छ। फिनलिट नेपालले नेपालमा विभिन्न संस्थाको सहकार्यमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो। इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.