|

दाङ : दाङको टरिगाउँ विमानस्थलमा नयाँ यात्रु प्रतिक्षालय (ट्रर्मिनल) भवन निर्माण भएपछि यात्रुहरु र कर्मचारीलाई सहज भएको छ। विमानस्थलमा २०७५ साल असोजदेखि नेपाल एयरलाइन्सले उडान भरिरहेको छ।

पुरानै भवनबाट जान आउनको लागी साना ठाउँ चेक जाच गर्नको लागी पनि समस्या सामानहरु राख्नलाई समस्या हुने गरेका भएता पनिे विमानस्थलमा ट्रर्मिनल भवन निर्माण भएपछि पहिलेको तुलनामा राम्रो भएको घोराहीकी शिवादेबी पोख्रेलले बताइन्‌।

तर प्राविधिक कारणले अझै यात्रुहरुले सास्ती भोग्दै आएका छन्। दैनिक २ उडान भर्दै आएपनि यात्रुहरुले समयमै जहाज नआउने गरेको गुनासो गरिरहेका छन्‌। तुलनात्मक रुपमा दाङ-काठमाडौं भाडादर पनि महङ्गो भएको समेत यात्रुहरुले बताउने गरेका छन्‌।

घोराही १० नारायणपुरकी सीता न्यौपानेले पहिलोको तुलनामा विमानस्ठलको धेरै सुधार भएपनि अझै प्राविधिक समस्याहरु बाँकी नै रहेको भएको बताइन्‌। उनले  भनिन्प‌, 'पहिलेका तुलनामा अहिले यात्रुहरुको लागी राम्रो भएको छ, तर तोकिएको समयमा विमानस्थलभित्र आउने गरेको भएता पनि घन्टौंसम्म जहाजको पखाईमा बस्नु परिरहेको छ।' जहाजको टिकटदर पनि तुलनात्मक रुपमा महङ्गो भएको उनले बताइन्‌। 

वि.सं. २०११ सालमा सञ्चालनमा आएको टारीगाउँ विमानस्थलको टावर रहेको भवनबाटै यसअघि चेकजाँच लगायतका काम हुने गरेको थियो। टावर, सुरक्षाकर्मीको युनिट, भिआईपी आगमन कक्ष, चेकजाँच र लगेज राख्‍ने लगाएतका सम्पूर्ण काम जीर्ण भवनबाटै जेनतेन सञ्चालन गरिएको थियो। ४ वटा कोठा रहेको जीर्ण भवन साँघुरो समेत भएकाले दैनिक उडान/अवतरणका काम सम्पन्न गर्न कठिनाइ परिरहको थियो। 

त्यस्तै भिआईपीको आगमन हुँदा आराम कक्षको समेत समस्या हुने गरेको नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर निकान्त लम्सालले बताए।झण्डै ५८ लाख लागतमा निर्माण गरिएको टरिगाउँ विमानस्थलको यात्रु प्रतिक्षालय (टर्मिनल) भवनबाट सेवा सुरू भएपछि अहिले पुरानो समस्या अन्त्य भएको उनले बताए। आर्थिक वर्ष २०७५/०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामै न्यू अष्ट्रिना निर्माण सेवाले सम्पन्‍न गरेको हो।

२४ मिटर लम्बाइ र १२ मिटर चौडाइमा निर्माण गरिएको नयाँ टर्मिनल भवनभित्र छुट्टाछुट्टै महिला र पुरुष शौचालय निर्माण गरिएको छ। यूरिनल रुम, नागरिक उड्डायनका लागि यात्रु चेकिङ पोष्ट र सुरक्षाकर्मीको लागि कोठासमेतको व्यवस्था गरिएको छ। भवनभित्रै चमेनागृह पनि सञ्चालन हुँदा यात्रुहरुले यात्रुहरुलाई थप सहज भएको छ।

त्यसैगरी विमानस्थलमा रहेको कन्ट्रोल रुममा पुरानै जिर्ण भवनमा हुँदा काम गर्न असजिलो भएको नागरिक उड्ययन कार्यालयका एयर-कन्ट्रोलर लिला श्रेष्ठले जानकारी दिए। यो समस्या समाधान गर्न नेपाल नागरिक उड्डायन प्राधिकरण प्रधान कार्यालयले चाँडै नै नयाँ कन्ट्रोल रुम भवन बनाउने योजना तयार गरेको श्रेष्ठले जानकारी दिए।

टारीगाँउ विमानस्थलमा अझै पनि सेवा-सुविधा र पूर्वाधारहरु बढाउँदै लैजान लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यबहादुर डाँगीले बताए। विमानस्थलको विकासको लागी स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायहरुमा पहल भइरहेको र विभिन्न चरणमा विमानस्थलको सुधार गर्दै लगिने समेत उनले बताए।

टारीगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ हाल साढे ७ सय मिटरमात्र रहेको छ। तर विमानस्थलको धावनमार्ग स्तरोन्‍नती र इन्धन डिपो सञ्चालन नहुँदा हवाई सेवाको प्रभावकारिता अझै बढेको छैन। अहिले यात्रुहरु काठमाडौँ आवतजावत गर्नका लागी ६ हजार रुपैयाँ भाडा तिर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.