|

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहामा सञ्चालन भएको वाइवाइ पाचौं महिला राष्ट्रिय गोल्डकपको उपाधी रौतहटले जितेको छ।

मंगलवार सम्पन्न फाइनल खेलमा आयोजक बसाहालाई रौतहटले ० का विरुद्ध २ गोल हान्दै उपाधी चुमेको हो। फाइनल खेलमा आयोजक बसाहाले भने खाता खोल्न सकेन। उपाधी सँगै रौतहटले १ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भन्ने उपविजेता आयोजक बसाहाले ५० हजारमा चित्त बुझाएको छ। 

फाइनल खेल समापनका प्रमुख अतिथि तथा प्रदेश सांसद बिमल कार्कीले खेलकुदका माध्यमबाट देशलाई चिनाउने भन्दै प्रदेश एक सरकारले खेलकुदमा लगानी गर्न नडराउने बताए। त्यस्तै कार्यक्रममा नगरप्रमुख खगेन्द्र राईलगायतले मन्तव्य राखेका थिए। 

प्रतियोगितामा ८ समूहको सहभागिता रहेको थियो। उक्त प्रतियोगिता सञ्चालनमा ८ लाख ५० हजार खर्च लागेको आयोजनाका सचिव राजु राईले जानकारी दिए। माघ ७ गते देखि सञ्चालन भएको उक्त प्रतियोगिता माघ २८ गते सम्पन्न भएको कार्यक्रमका अध्यक्ष लुङराज राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.