|
गुल्मी जिल्ला अदालत

गुल्मी : विसं २०१६ सालमा भारत हिँडेका रेसुङ्गा नगरपालिका १२, दुविचौरका चन्द्र बहादुर बलाल त्यसपछि परिवारको सम्पर्कमै आएनन्‌। ६० बर्षयता परिवारले  खोजी गरिरहेपनि १४ बर्षमा प्रवास हिँडेका बलालबारे कुनै जानकारी पाउन सकेनन्‌।

उनका श्रीमती छोराछोरी र बुबा-आमा समेत छैनन्। नयाँ मुलुकी देवानी संहितामा मृत्युको न्यायिक घोषणा गर्न पाउने व्यवस्ठाअनुसार भाई कृष्ण बलालले जिल्ला अदालत गुल्मीमा मृत्युको न्यायिक घोषणाको लागि निवेदन दिए। अदालतले गत ८ पुसमा भाई कृष्ण बलाललाई दाजु चन्द्रको मृत्युको प्रमाणपत्र प्रदान गरेको छ।

गुल्मी दरबार गाउँपालिका ४ का दुर्गा प्रसाद पोख्रेल ०६२ साल असारदेखि बेपत्ता थिए। ५१ बर्षको हुँदा घरबाट भारतबाट हिँडेका पोख्रेल नेपाल आइपुगेनन्‌। खोज्ने सबै उपाय लगाएपनि कुनै पत्तो लागेन। उनकै प्रतिक्षामा परिवारले १४ वर्ष बिताए। नयाँ कानुनी व्यवस्था अनुसार श्रीमतीले जिल्ला अदालत गुल्मीमा निवेदन दिइन्। अदालतले १४ बर्षपछि मृत्युको न्यायिक घोषणा गरेर श्रीमती धेवकला पोख्रेललाई ०७६ मंसिर १८ गते प्रमाण पत्र प्रदान गरेको गर्‍यो।

गुल्मी दरबार गाउँपालिका ३ का भक्त बहादुर थापा पनि ०६३ सालदेखि बेपत्ता छन्। परिवारका अनुसार उनी पनि ३५ बर्षको उमेरमा रोजगारीकै लागि भारत पसेका हुन्। त्यस दिनदेखि श्रीमती गीता र परिवार भक्तकै प्रतिक्षामा बसे। श्रीमान खोज्ने केहि उपाय लागेन। अदालतमा आएर नयाँ कानुनअनुसार मृत्युको न्यायिक घोषणाको लागि गीताले निवेदन दिइन्। अदालतले १३ बर्षपछि श्रीमती गीतालाई मंसिर २० गते मृत्युको घोषणा भएको प्रमाणपत्र दिएको छ। दर्ता भएका अधिकांश निवेदनमा भारत गएर नफर्किएका निवेदन धेरै रहेको अदालतले जनाएको छ।

जिल्ला अदातल गुल्मीमा यो आर्थिक बर्षमा २७ वटा मृत्युको न्यायिक घोषणा सम्बन्धि निवेदन दर्ता भएका छन्। जसका अहिलेसम्म १५ जनाले नयाँ व्यवस्था अनुसार मृत्युको न्यायिक घोषणाको प्रमाण पत्र पाएका छन्। अरु केहि निवेदनको आवश्यक कागज पत्र संकलनको काम भइरहेकाले केहि समयमै प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालत गुल्मीका सुचना अधिकारी श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए। 

नयाँ कानुनी व्यवस्था

मुलुकी देवानी संहिता ०७४ को भाग २ व्यक्ति सम्बन्धि कानुनको परिच्छेद १ को दफा ४० मा मृत्यु भएको मानिने र सोहि दफाको अन्य उपदफाहरुमा बेपत्ता वा मृत्युको न्यायिक घोषणा गर्ने कानुनी व्यवस्था रहेको छ।

जसको लागि १२ बर्षसम्म कुनै व्यक्ति बिना सुचना बेपत्ता भएको वा कुनै बिपद् वा दुर्घटनामा परेकोले निजको मृत्यु वा बेपत्ता भएको मिति, ठेगाना र आधार प्रमाणसहित मृत्युको न्यायिक घोषणा गरि पाउँ भनी जिल्ला अदालतमा निवेदन दिनुपर्छ। अदालतले निवेदनको आधारमा आवश्यक कागज प्रमाण बुझेर त्यस्ता व्यक्तिको सम्बन्धमा मत्युको न्यायिक घोषणा गरेर प्रमाण पत्र प्रदान गर्ने गरेको जिल्ला अदालतका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए।

तर मृत्युको घोषणापछि व्यक्ति फर्किएर आएमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर अदालतले घोषणा संसोधन वा बदर गर्ने सक्ने व्यवस्था रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.