|

म्याग्दी : कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाका ९ वर्षीय शिशिर छन्त्याललाई शनिबार दिउँसो कालीगण्डकी नदीले बगाएको थियो।  

कालीगण्डकी नदीले बगाएर झण्डै एक सय मिटर तल पुर्‍याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। नदीले बगाएका कारण बालकको हात खुट्टामा चोटपटक लागेको छ।

घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ। महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताए।

नदी किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.