|

ताप्लेजुङ : तमू (गुरुङ) समुदायको १२ औँ राष्ट्रिय पार्षदसभा शनिबारदेखि ताप्लेजुङमा सुरु भएको छ। सभाका लागि मुलुकभरका तमू समुदायका अगुवा सदरमुकाम फुङलिङमा जम्मा भएका छन्।

फुङलिङ घोषणापत्र जारी गर्दै आईतबार समापन हुने सभाको उद्घाटन केन्द्रीय अध्यक्ष रेशम गुरुङ र संरक्षक अध्यक्ष माया गुरुङले संयुक्त रुपमा गरे। उद्घाटन सत्र सकिए संगै बन्द सत्र सुरु गरिएको छ। उक्त सत्रमा सांगठनिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने साथै जिल्ला, प्रदेश तथा केन्द्रको रिर्पोटिङ हुने तालिका छ।

उद्घाटनअघि र्‍यालीसहित बजार परिक्रमा गरिएको थियो। दोश्रो दिन आइतबार राष्ट्रिय जनगणना २०७८ का विषयमा प्राडा योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ भने अन्य थुप्रै कार्यपत्र प्रस्तुत गरिने कार्यतालिका छ।

कार्यपत्र प्रस्तुती पछि उठेका जिज्ञासाको प्रस्तोताले जवाफ दिने र लगत्तै फुङलिङ घोषणा पत्र जारी गर्दै तमू ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदको १२ औं पार्षदसभा सम्पन्न हुने केन्द्रीय अध्यक्ष रेशम गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.