दैलेख : प्रहरीले लागुऔषध बराउन सुगरसहित दुईजनालाई प्रक्राउ गरेको छ। सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको हाइसबाट लागुऔषध ब्राउन सुगर बरामद भएको हो।
शंका लागी पहरीले चेकजाँच गर्दा नारायण नगरपालिका-८ ठालुडाँडा भन्ने स्थानबाट दुईजनालाई पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख हरीबहादुर वलीले बताए। पक्राउ पर्नेमा नारायण नगरपालिका-८ बस्ने २० वर्षीया क्षितिज शाही र नगरपालिका-१ बस्ने २९ वर्षीया नितन थापा रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ६ पुरिया बाउन सुगर धुलो बरामत गरिएको प्रहरी प्रमुख वलीले बताए। उनीहरूमा माथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।