नगरप्रमुख पौडैल भन्छन्- यो बाध्यता हो

|

बागलुङ : स्थानीय तहहरुले विद्यालय स्तरमा रहेका प्रतिभा खोज्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिरहेका छन्। केही स्थानीय तहले प्रतियोगिता सम्पन्न गरिसकेका छन्। जैमिनी नगरपालिकाले भने शनिवारदेखि प्रतियोगिता सुरु गरेको छ। 

शनिवार सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिमा नगरप्रमुखले ग्रहण गरेको सलामीबारे टीकाटिप्पणी भएको छ। नगरप्रमुख इन्द्रराज पौडेलले दाया बाया दुवैतर्फ जनप्रतिनिधि र कर्मचारीलाई राखेर सानो टेबलमाथि चढेको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको हो। प्रमुख पौडेल सलामी ग्रहणका लागि उक्त टेबलमा चेढेको नगरपालिकाले जनाएको छ।

तस्बिर सार्वजनिक भएपछि जैमिनी नगरवासीका साथै देश तथा विदेशमा रहेका नेपालीहरुले धारण राख्दै उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। पौडेलको तस्बिर फेसबुकमा पोष्ट गर्दै दिपक शर्माले लेखेका छन्, ‘राजा महाराजाभन्दा माथि अहिलेका नेताहरु हुन् कि आयोजकले यो गराएका हुन ? यदि योबाहेक अरु कुनै साधन उपलब्ध गराउन नसके पनि एउटा ढुङ्गा प्रयोग गरेको भए नेताज्युको यो फोटो फेसबुकमा भाइरल हुनपर्ने थिएन होला।’

तस्बिरबारे विभिन्न टीकाटिप्पणी भएपछि शनिवारनै नगर प्रमुख पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिकृया दिएका छन्। उनले आफ्नो चाहनामा नभई खेलाडी तथा रेफ्रीको आग्रहमा त्यसो गरेको प्रष्टीकरण दिएका छन्। 

पौडेलले फेसबुकमा लेखेका छन्,  ‘आज सामाजिक सञ्जालमा मेराबारेमा फैलाएका टीकाटिप्पणीबारे म गम्भीर छु । टेबुल मैले जान्दछु, त्यो मेरो रहर होइन । खेलका एम्पायर तथा रेफ्रीज्यूहरुले भन्नुभो भुइँबाट सलामी फर्काइयो भने खेलाडीको अपमान हुन्छ। हामीसँग सानो टेबुल उपलब्ध थियो, विकल्पहीन अवस्थामा त्यही प्रयोग गरियो। शुभचिन्तक साथीहरूले यसको विकल्प प्रयोग गरेको भए हुन्थ्यो भन्ने मनसायले सुझाब दिनुहुने प्रियजनहरुका प्रति उच्च सम्मान प्रकट गर्दछु। मेरो विश्वास छ, साथीहरूले यो विषय सही ढंगले बुझ्नुहुनेछ।’ 

नगर प्रमुखले स्पष्टीकरण दिए पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने तस्बिरमा देखिएको अवस्थाको अर्थ खोजेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.