|

काठमाडौं : बितेका २४ घण्टाभित्र ट्राफिक नियम उलंघन गर्ने १ हजार ५ सय ९३ जना चालक कारबाहीमा परेका छन्। 

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ७, अनावश्यक हर्न प्रयोग गर्ने ३८, लेन मिचेर चलाउने २०, जेब्राक्रसमा रोक्ने १६, सिट बेल्ट नबाँध्ने ३८ जना लगायत छन्। 

उपत्यकामा बितेको २४ घण्टामा २५ वटा सवारी दुर्घटना हुँदा १२ जना सामान्य घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। 

यस्तै, सोही अवधिमा विभिन्न नाका हुँदै १५ हजार ८ सय १६ गाडीमा ८८ हजार ८ सय ३५ जना यात्रु भित्रिएका छन् भने १३ हजार ७ सय ७९ गाडीमा ८८ हजार ८ सय ३५ जना यात्रु बाहिरिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.